मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गौहत्या कार्य प्रति नेपाली कांग्रेस बाँकेकाे गम्भीर आपत्ति
  • मार्गरेखा संवाददाता

  • सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको  प्रति नेपाली कांग्रेस बाँके ध्यानाकर्षण जनाएको छ ।

    कांग्रेस बाँके सभापति किरण काेईरालाले अाईतबार विज्ञप्ति जारी  गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ । नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु भनेको जघन्य अपराध हो । यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्य प्रति नेपाली कांग्रेस बाँके गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।’

    घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरीन नदिन नेपाल सरकार एवं सम्बन्धित निकायसँग नेपाली कांग्रेस बाँके माग गरेको छ ।

  • १५ भाद्र २०७६, आईतवार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित