मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मानव बेचविखन नियन्त्रणका लागि बालिका शिक्षामा जोड दिनुपर्ने नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज,भदौं १९/ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार अवस्था र बिश्लेषण एवं व्यवस्थाबारे सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले मानव बेचविखन नियन्त्रणका लागि बालिका शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले आगामी वर्ष उमेर पुगेका सबै बालिकालाई विद्यालय पु¥याउने गरि कार्यक्रम ल्याउने बताउनुभयो । बालिकालाई अनिवार्य विद्यालय भर्ना गर्नुपर्ने, नगर्नेलाई कानून अनुसार दण्डित गर्ने र बालिका शिक्षाका लागि कमजोर आर्थिक अवस्था भएका परिवारलाई स्थानीय सरकारले सहयोग गर्ने नीति लिइने उहाँले बताउनुभयो ।

    प्रमुख महिला विकास अधिकृत नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख शोभा शाहले मानव वेचविखन स्वदेशमा पनि हुने बताउनुभयो । उहाँले नेपालगञ्जमा वडास्तरमा समिति गठन सुरु गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले नेपालगञ्ज बेचबिखनका लागि ट्राञ्जिट पोइन्टको रुपमा रहेको बताउनुभयो । गतबर्ष ३५ वटा वाल विवाह रोकिएको भन्दै एसपी वलीले बालविवाह रोक्न प्रहरी पुग्नासाथ अभिभावकले वाल क्लव सम्वद्धलाई जिम्मेवार ठहराउने गरेको अवस्था रहेको बताउनुभयो । कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला,महिला अधिकारकर्मी कमला पन्तले मानव बेखिन र रोकथामका सम्वन्धमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा, नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, मानव बेचबिखन विरुद्ध क्रियाशिल संघ संस्थाका प्रतिनिधी लगायत सहभागी थिए ।

  • १९ भाद्र २०७६, बिहीबार १७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित