मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज-लखनउ सिधा बस सेवा
  • मार्गरेखा संवाददाता

  • बाँकेको नेपालगन्ज देखि भारतको उत्तर प्रदेशको राजधानी लखनउ सम्म सिधा बस सेवा आईतवारबाट शुरु भएको छ । भेरी यातायात प्रालीले उक्त बस सेवा संचालनमा ल्याएको हो ।

    नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रमका बिच बसको ढोकामा बाधिएको रिबन काटेर बस सेवाको उद्घाटन गरे । उनले नेपालगन्जबाट लखनउ हिडेका यात्रुहरुलाई अबिर र माला लगाएर बिदाई गरे । राणाले हरियो झन्डा देखाएर बसलाई प्रस्थान गर्न संकेत गरेपछी बस लखनउका लागि प्रस्थान गरेको थियो ।

     

    मेयर राणाले नेपालगन्ज लखनउ बस सेवा संचालनमा आएकोमा आफू एकदमै खुशी भएको बताए । उनले नेपालगन्जलाई क्यासिनो सिटीको शहर बनाउदै गर्दा यो सेवा संचालन भएपछी उताबाट यहाँ आउने भारतिय पाहुनाहरुलाई सरल र सहज हुने बताए । उनले उताबाट पनि बिहानको समयमा एउटा बस छुटाउनका लागि प्रालिलाई सुझाब दिए ।

    भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले मध्यपस्चिमका धेरै जिल्लाबाट नेपालीहरु उपचारका लागि लखनउ जाने हुनाले उनिहरुलाई सहज रुपमा त्यहाँ पुर्‍याउने उद्देश्यले बस सेवा संचालनमा ल्याएको बताए । उनले भारतको रुपैडिहा पुगेर त्यहाबाट महङ्गो पैसा तिरेर ट्याक्सी र बसबाट नेपाली यात्रुहरु लखनउ पुग्दा ठगिने लुटिने सम्भावना पनि हुने हुदा अब यहाँ बाट सिधै नेपाली बस सेवा शुरु भएपछी त्यो समस्या पनि नरहने बताए ।

     

    होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कडेलले यो सेवा संचालनमा आएपछी नेपाली यात्रुहरुलाई निकै सुबिधा हुने बताए । उनले यो प्रालिले सरकारबाट अनुमती प्राप्त गरेर सेवा संचालनमा ल्याए जस्तै अरुले पनि अनुमती प्राप्त गरेर मात्र बस सेवा संचालन गर्नुपर्ने बताए । टुरिष्ट प्रमिटका नाममा पहाडी जिल्लाका कुनाकुनाबाट भारतका विभिन्न शहरहरुमा बस सेवा संचालन गरेर नेपालगन्जको होटेल व्यवसाय धरासायी भएको बताए । त्यस्ता गैरकानुनी रुपमा संचालित बस सेवा लाई तुरुन्त रोक्न पनि उनले सरोकारवाला निकायलाई आग्रह गरे ।

    कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, आदर्श थाना रुपैडिहाका ईन्चार्ज मनिस कुमार पाण्डे, भेरी यातायात प्रालिका प्रबन्धक उमेश गुरागाई, यातायात व्यवसायी शोभाखर पौडेल लगाएतले बसको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।

     

    भेरी यातायात प्रालिले यस अघिदेखि नेपालगञ्ज-दिल्ली नेपाल-भारतमैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । नेपालगञ्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर नेपालगञ्जबाट लखनउको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस सञ्चालन हुने र टिकटको मोल ५ सय रुपैयाँ रहेको बताईएको छ ।

  • २२ भाद्र २०७६, आईतवार १२:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित