मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस के जिल्ला सभापति किरण कोइराला माथी नेकपा कार्यक्रताबाट संघातिक हमाला
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसले जारी राखेको राष्ट्रिय जागरणको दोस्रो दिनमा बाँकेमा भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले हस्तक्षेप गरेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा कार्यक्रम भइरहेका बेला नेकपाका वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका नेकपाका कार्यकर्ता कार्यक्रमस्थल प्रवेश गरेर सांघातिक आक्रमण गरेको  नेपाली काँग्रेस बाँकेले बाँकेका प्रमुख जिल्ला अधिकारी लाई संघातिक हमला गर्ने लाई कारबाहि  गर्ने माग गदै बुझाएकाे ज्ञपान पत्रमा उल्लेख गरिएकाे छ ।

    नेपाली काँग्रेस बाँके सभापति किरण काेईरालाले हस्ताक्षर गरिएकाे ज्ञापन पत्रमा  नेकपाका खजुरा गापा वडा नम्बर १ का वडाध्यक्ष सुनिल मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्रीलगायतका १३–१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदै भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवम् सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ  र तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।

    सांघातिक हमलामा बाँके जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०/६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए ।

     

  • २६ भाद्र २०७६, बिहीबार १९:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित