मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस बाँके सभापति माथी आक्रमणकारी जो सुकै होस् , सबैलाई कारबाही हुन्छ शहरी बिकास मन्त्री मो. इस्तियाक राई
  • मार्गरेखा संवाददाता

  •  

     

    नेपालगन्ज ।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी भएको आक्रमण प्रती शहरी बिकास मन्त्री मो. इस्तियाक राईले दुख ब्यक्त गर्नु भएको छ।आज बिहान पार्टी सभापति कोइराला निवास पुगेर मन्त्री राईले सभापति कोइरालालाई भेेेट्दै सबै कुराको जानकारी लिदै सभापतिलाई शिघ्र स्वास्थय लाभको कामना समेत गर्नु भएको छ। “आक्रमणकारी जो सुकै होस् , सबैलाई कारबाही हुन्छ” मन्त्री राईले भन्नुभयो।पार्टी सभापति सग कुरा गर्दै मन्त्री राईले यो युग भनेको लोकतन्त्रको युग भएकोले जो कोहिले पनि शान्तीपुर्बक कार्यक्रम , सभा सम्मेलन गर्न पाउने अधिकार हुँदा बिहीवार कांग्रेस कार्यक्रममा यस्तो गलत कार्य भएको हुँदा आफुलाई धेरै दुख लागेको कुरा बताउनु भयो। साथै मन्त्री राईले सभापति कोइराला लगायतमाथी आक्रमण गर्नेलाई कानुनी कठघेरा उभाइ कारबाही गर्न प्रदेश नम्बर ५ का डिआइजी सुरेश बिक्रम शाह र बाँके प्रहरी प्रमुख वीर बहादुर वलीलाई फोन गरेेेर  निर्देशन दिनुभएको छ। सभापति निवासमा मन्त्रीसहित समाजबादी पार्टीका बाँके अध्यक्ष कम्रुद्दिन राई, लगायतको उपस्थिति थियो।

  • २७ भाद्र २०७६, शुक्रबार ११:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित