मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

म यहीबाट के भन्न चाहान्छु भने हाम्रो कार्यक्रमाथि आक्रमण गर्नेलाई पक्राउ र कारबाही नगरेसम्म हामी सदन चल्न दिंदै दिदैनौं,’ सभापति देउवाले
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभएसम्म सदन चल्न नदिने बताएका छन्।

    शुक्रबार दाङको घोराहीमा बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारलाई आग्रह गरे।

    ‘म यहीबाट के भन्न चाहान्छु भने हाम्रो कार्यक्रमाथि आक्रमण गर्नेलाई पक्राउ र कारबाही नगरेसम्म हामी सदन चल्न दिंदै दिदैनौं,’ सभापति देउवाले भने।

    दोषीलाई पक्राउ गरी कारबाही नगरे बाँकेका प्रहरी प्रमुख र सिडिओलाई बोलाएर वयान लिने सम्म उनले चेतावनी दिए। लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने र आफ्ना कुरा राख्न पाउने अधिकार सबैलाई भएपनि अधिनायकवादी सोच भएकाहरुले कोठा भित्रै भएको कार्यक्रममा प्रवेश गरी पार्टी सभापति समेतको हात भाँच्नुले लोकतन्त्र छ भन्ने आधारहरु नरहेको सभापति देउवाले तर्क गरे।

    ‘हाम्रो कार्यक्रममा आक्रमण गर्ने हाम्रो सभापतिको हात नै भाँचिदिने,’ आक्रोस पोख्दै देउवाले भने ‘हामीले पनि त्यस्तै गरे के हुन्छ।’ काँग्रेसले पनि चाहेमा नेकपाको कार्यक्रमहरु भाँड्न/बिथोल्न सक्ने उनले चेतावनी दिए।

    कम्युनिष्ट सरकार र कम्युनिष्ट व्यवस्था फरक कुरा भएको भन्दै देउवाले कम्युनिष्ट व्यवस्था एकदलीय अधिनायकवादी हुने बताए। अहिलेको सरकारले स्वतन्त्र प्रेस, सूचनाको हक, मानवअधिकार आयोग लगायतलाई कुण्ठित पार्न खोजेको हुँदा यो सरकार पनि अधिनायकबादी चरित्रको भएको दाबी गरे।

    उनले यस्तो सरकारको विरुद्ध लोकतन्त्र रक्षाको लागि लड्नुको विकल्प नरहेको भन्दै त्यसका लागि तयार हुन कार्यकर्तालाई आह्वान गरे।

    तर उनले कसैको खिलापमा नजान र कसैले चलाए नछोड्न निर्देशन दिए। उनले कांग्रेस एक भएको खण्डमा कसैले हराउन नसक्ने जिकिर गरे।

    ‘काग्रेसमाथिको आक्रमण भनेको लोकतन्त्रमाथिको आक्रमण हो’, उनले भने, ‘लोकतन्त्रमाथिको आक्रमण बचाउन काँग्रेसका बीचमा एकता आवश्यक छ।’ पार्टी एक ढिका नहुँदा आक्रमण भएको भन्दै उनले लोकतन्त्र र पार्टीलाई बचाउन नेतादेखि कार्यकर्ताहरु एक ठाउँमा आउनुपर्ने बताए। पार्टीलाई एकताको सुत्रमा बाध्नका लागि बिपीको विचारलाई आत्मसाथ गर्नुपर्ने समेत बताए।

    राजनीतिक आन्दोलनमा दाङको महत्वपुर्ण भूमिका रहँदै आएको उनले बताए। थारु बहुल क्षेत्र दाङकै व्यक्ति स्वर्गीय परशुनारायण चौधरीलाई वीपी बाबुले प्रथम पटक २०१६ सालमा मन्त्री बनाएको उनले स्मरण गरे।

    पार्टी सभापति देउवाले नेपाली काग्रेस क्षेत्र नं. २ ले घोराही उपमहानगरपालिका वडा नं. १५ को वीपी चोकमा स्थापना गरेको बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरे। उनले भोलि तुलसीपुरमा बिपीको शालिक अनावरण गर्ने कार्यक्रम छ।

  • २७ भाद्र २०७६, शुक्रबार १९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित