मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज रंगशालाले लिन लागेको शुल्कको विरोध पारदर्शिता हुनुपर्ने माग
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २९, भाद्र । यही असोजबाट नेपालगन्ज रंगशालामा आमनागरिकबाट लिइने शुल्कप्रति नागरिक सामाज अगुवाहरुले विरोध जनाएका छन । स्वास्थ्यलाई मध्यनजर गर्दै रंगशालामा विहान बेलुका शारिरीक अभ्यासका लागि जाने बालबालिका, युवा, महिला, जेष्ठ नागरिक, लगायतबाट प्रबेश शुल्क लिने निर्णय भएपछि त्यसको विरोध जनाइएको हो ।
    नेपालकै कानूनमा शिक्षा, स्वास्थ्य निशुल्कको व्यवस्था रहेको र स्वास्थ्यका लागि खेलकुदमा गैरकानूनी शुल्क लिने निर्णयको विरोध गर्दै शुल्क मिनाहा गर्नुपर्ने स्थानीयको माग छ । यसैविच शुल्क खारेजी लगायतका सवालमा खेलकुद परिषद, जिल्ला प्रशासन, नेपालगन्ज उपमहानगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण समेत गराइएको छ ।
    करिब ३ दर्जन अधिकारकर्मीको समुहद्धारा हस्ताक्षरित ज्ञापनपत्र पेश गरिएको हो । ज्ञापन पत्रमा रङ्गशालामा सिसि क्यामरा जडान, राष्ट्रिय खेलकुदमा भएका सम्पूर्ण खर्चको विल सार्वजनिक गर्नुपर्ने, रङ्गशाला भित्र निशुल्क शौचालय खानेपानीको व्यवस्थापन, रङ्गशाला भित्र रुख विरुवा रोपी हरियो बाताबरण बनाउनुपर्ने, सवै कोचहरु नाम मोवाइल नं.,खेलाडिको नाम खेल हुने समय तालिका बनाउनुपर्ने लगायतका माग समाबेश गरिएका छन ।

  • २९ भाद्र २०७६, आईतवार १९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित