मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समितिले जेहेन्दार बिद्यार्थीहरुलाई झोला सहित स्टेशनरी बितरण
  • मार्गरेखा संवाददाता


  • बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र विकास समिति, अछामले जेहेन्दार बिद्यार्थीहरुलाई झोला सहित स्टेशनरी बितरण गरेको छ ।
    अछामको तुर्माखाँद गाउँपालिका वडानम्वर ४ स्थित श्री कालिकेश्वरी मा.बि.मा अध्ययनरत १५ जना जेहेन्दार छात्र, छात्राहरुलाई सो सामाग्रि बितरण गरिएको हो ।
    क्यान्सर रोग बिरुद्ध लडिरहेकि महिला बिकास अधिकृत बिन्दु कुवँरले उपलब्ध गराएका स्टेशनरी सहितका सामाग्रि समितिले बिद्यार्थीहरुलाई बितरण गरेका हो ।
    बिद्यालयमा आयोजित बितरण कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बिद्यार्थीहरुलाई कपि, कलम सहितको झोला प्रदान गरेका थिए ।
    कार्यक्रममा बोल्दै शाहले बिद्यालयले छनौट गरेका जेहेन्दार, बिपन्न बिद्यार्थीहरुलाई उक्त सामाग्रि उपलब्ध गराइएको बताए ।
    क्यान्सर रोग बिरुद्ध लडिरहेकी मनकी धनि बिन्दु कुवँरको सहयोगमा झोला सहित स्टेशनरी बिद्यार्थीहरुलाई प्रदान गर्न पाउँदा खुसी लागेको शाहले कार्यक्रममा बताए । उनले यस सहयोगबाट बिद्यार्थीहरुको पठन, पाठनमा सहयोग पूग्ने बिश्वास लिएको बताए ।
    यसरी सहयोग प्राप्त गर्नेहरुमा कक्षा १ कि सरिता बि.क., कक्षा २ कि निर्मला नेपाली, कक्षा ३ की भावना नेपाली, कक्षा ४ का भीम बहादुर बि.क., कक्षा ५ का रमेश बयक, कक्षा ६ का दिनेश बयक, कक्षा ७ का जम्मान बि.क., कक्षा ८ का मिन बहादुर बयक, कक्षा ९ की रमिता नेपाली, कक्षा १० की प्रेमकला नेपाली, कक्षा ११ का टंक बयक, कक्षा १२ कि खगिसरा नेपाली, कक्षा ७ कि सरिता बयक, कक्षा ९ कि सरिता बि.क. र कक्षा ४ कि सरिता नेपाली रहेका छन् । बिद्यार्थीहरुलाई कपि, कलम र झोला उपलब्ध गराईएको हो ।
    कार्यक्रममा शिक्षक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

  • २९ भाद्र २०७६, आईतवार २१:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित