मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नेपाल तरूण दल बाँकेकाे नेपालगन्जमा बिराेध प्रर्दशन
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज । खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा तरुण दलले २ घन्टा चक्काजाम सहित  विरोध प्रदर्शन गरेको छ ।  तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै  धम्बोझी  पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै  तरुण युवा तथा कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने बक्ताहरुले ज्यान मार्ने उद्योगको मुद्दा प्रहरीले आफूहरुको दबाबपछि मात्रै दर्ता गर्न मानेको भन्दै मुद्दालाई कमजोर बनाउने षड्यन्त्रका विरुद्ध आफ्नो आन्दोलन रहेको बताएका थिए । आफ्नो पार्टीको कार्यक्रममा जबर्जस्ती प्रवेश गरेका नेकपा समर्थित कार्यकर्ताहरुले आक्रमण गरेर पार्टी सभापति घाइते हुँदा समेत घटनालाई व्यक्तिगत भन्नु सर्वसत्ताबाद भएको उनीहरुको टिप्पणी थियो । ज्यान मुद्दा दर्ता गरिएका सबैलाई पक्राउ गरी कडा कारबाही नहुँदासम्म कांग्रेस लगायत तरुण दलले खबरदारी गरिरहने बक्ताहरुले बताएका थिए । दुई तिहाईको सरकारले महंगी, भ्रष्टाचार र गुण्डागर्दीलाई प्रश्रय दिँदै गएको भन्दै उनीहरुले जनताको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको टिप्पणी गरे । कोणसभालाई प्रदेश नम्बर ५ का सांसद् सुरेन्द्र हमाल, नेपाल विद्यार्थी संघका बाँके अध्यक्ष पुर्ण आचार्य, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि, भरत न्यूपाने, विद्याप्रसाद खनाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, कांग्रेस नेता लक्ष्मी नारायण शाह, जिल्ला सदस्य एबम डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाकि उपप्रमुख उमा थापा मगर,बाँकेका कांग्रेसका पुर्ब जिल्ला सचिब रबिन्द्र हमाल, तरुण दलका पुर्ब केन्द्रिय सदस्य सुदिप नर्सिङ राणा लगायत तरुण दल बाँके अध्यक्ष बिरेन्द्र शाहले सम्बोधन गरेका थिए। विरोध ¥यालीमा तरुण दलका कार्यकर्ताहरु, केन्द्रिय प्रतिनिधिद्वय भरत बहादुर न्यौपाने र मोहनसिंह राठोर, सचिव तप्त पौडेल, क्षेत्रीय सभापति नक्की खाँ, जिल्ला सदस्य महेन्द्र मल्ल, सुधान्सु कोइराला, तरुण दल बाँकेका कोषाध्यक्ष केसर खड्का,  तरुण दल क्षेेेेत्र नम्बर २ का सभापति धनराज बर्मा, तरुण दल नगर सभापति सन्दिप जङ शाह, नेबिसंघ नेपालगन्ज नगर सभापति अनुज बर्मा, महिला संघ बाँकेका नेता कार्यकर्ता  लगायत हजारौंको सहभागी रहेको  कार्यक्रमको सन्चालन तरुण दल बाँकेका सचिब बिनोद रिजालले गरेका थि

  • ३१ भाद्र २०७६, मंगलवार १६:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित