मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकाे सीमाक्षेत्रमा  हेल्पडेस्क स्थापना
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया,भाद्र,३१। बर्दियाको सीमाक्षेत्रमा पर्व लक्षित गर्दै संयुक्त हेल्पडेस्क स्थापना गरिएको छ
    हिन्दुहरुको महानपर्व विजया दशमी,दिपावली तथा छटपर्वलाई मध्यनजर राख्दै बर्दिया सदरमुकाम गुलरियाको नेपाल —भारत सीमाक्षेत्रमा हेल्पडेस्कको स्थापना गरि संयुक्त गस्ती समेत सुरुगरिएको छ ।पर्वको वेला सुरक्षालाई मध्यनजर राख्दै सीमाक्षेत्रमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र भारतिय सीमा सुरक्षावलको संयुक्त गस्ती भइरहेको छ । सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रण गर्नका लागि गुलरिया मुर्तिहा सीमाक्षेत्रको दशगजामा संयुक्त गस्ती संचालनमा आएपछि सीमाक्षेत्रमा सुरक्षाको महशुस भएको स्थानीयहरु खुशीभएका छन्। बर्दियामा ८० किलोमिटर नेपालभारत खुल्ला सीमानामा दुवैदेशका सुरक्षाकर्मीले निगरानी बढाईरहेको वताईएको छ ।
    पर्वको वेला नेपाल—भारत आउजाउ गर्नै मानिसको चाँप बढ्ने भएकाले उनिहरुको शान्ति शुरक्षालाई मध्यनजर राख्दै हेल्पडेस्क समेत स्थापना गरि सीमामा संयुक्त गस्ती सुरुगरिएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेडक्वाटर बर्दियाका शसस्त्र प्रहरी उपरीक्षक यादब बिश्वकर्माले वताए। । यस्का कारण दुवैदेशमा आउजाउ गर्नै मानिस ढुक्क संग यात्रा गर्नसक्नुको साथै सीमामा हुने लुटपाट लगायतका गतिविधीमा समेत कमीआउने उपरीक्षक बिश्वकर्माको भनाई छ। ।

  • ३१ भाद्र २०७६, मंगलवार १७:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित