मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेेेेेेेकपाका नेता रघुवीर महासेठ र प्रभु शाहविरुद्ध नेकपामा उजुरी नै उजुरी किन आयो
  • मार्गरेखा संवाददाता

  • नेकपा पार्टी मुख्यालयमा स्थायी समिति सदस्य रघुवीर महासेठविरुद्ध मंगलबार उजुरी दर्ता भएको छ। प्रदेश २ का १६ नेताले यस्तो उजुरी दर्ता गरेका हुन्। यसअघि पनि महासेठ, स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष प्रभु शाहलाई पदमुक्त गर्न उजुरी परेका थिए।

    प्रदेश २ का नेकपा नेताले महासेठलाई स्थायी समितिबाट हटाउनुपर्ने, इन्चार्ज मण्डल र अध्यक्ष शाहलाई पदमुक्त गर्न माग गर्दै उजुरी दिएका हुन्। यसअघि केन्द्रीय समितिमा छुट्नै नहुने महत्वपूर्ण सदस्य नअटाएको र अन्तरिम विधानको धारा ३४ (ख) उलंघन गर्दै महासेठलाई पार्टी स्थायी समितिमा मनोनयन गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै २०७५ मंसिर २८ गते केन्द्रीय सदस्य श्रीप्रसाद साहले निर्णय सच्याउन लिखित माग गरेका थिए।

    उजुरीमा पार्टी नेतृत्वले प्रदेश २ का पार्टी पदाधिकारी चयन गर्दा पूर्वएमाले र पूर्वमाओवादीका सदस्यसमम्म नरहेका व्यक्तिलाई जिल्ला कमिटीमा राखेको आरोप लगाइएको छ। नेतृत्वको निर्णयविरुद्ध सिरहाबाट महेन्द्र पासवान, जगत यादव, सप्तरीबाट उमेश यादव, अब्दुल मजीत कादिरले निवेदन दर्ता गराइसकेका छन्।
    सँगै गत साउनमा धनुषााबाट शत्रुधन महतो, श्रीप्रसाद साह, यदुवंश झा, सुधीरप्रसाद साह रत्नेश्वर गोइत, रौतहटबाट अशोक जयसवालले नेतृत्व समक्ष मौलिक र लिखित उजुरी दिइसकेका छन्। पार्टीलाई विधान अनुसार चलाउन माग गर्दै १६ नेताले ६ बुँदे मागसहित पार्टी कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

    मंगलबारको लिखित उजुरीमा नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, गोपाल ठाकुर, रमचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद शाह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगतप्रसाद यादव, शत्रुधन महतो, बेधमाया यादव र एकिन्द्र बैठाले हस्ताक्षर गरेका छन्।
    मंगलबार पार्टी कार्यालयमा दर्ता भएको उजुरी 

  • ३१ भाद्र २०७६, मंगलवार २०:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित