मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सि.आई. बीले बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ७ पक्राउ
  • मार्गरेखा संवाददाता

  • नक्कली जग्गाधनी प्रमाणपुर्जा धितोमा राखेर ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्वसीईओ अजय श्रेष्ठसहित ७ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरु नक्कली धितोमा ऋण प्रवाह गरेको र किर्ते अभियोगमा पक्राउ परेका हुन् । तत्कालीन समयमा श्रेष्ठ बैंकको सीईओ थिए ।

    खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक ५ करोड रुपैयाँ स्वीकृत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा बैंकका कर्मचारीहरू सुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी तथा ऋणी सुरेन्द्र श्रेष्ठ छन् ।

    उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख नीरजबहादुर शाहीले बताए । २ महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठका नाममा ५ करोड रुपैयाँ कर्जा प्रवाह भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । नक्कली कागजातका आधारमा कर्जा निष्कासन भएपछि बैंकले प्रहरीमा निवेदन दिएको थियो ।

  • ५ आश्विन २०७६, आईतवार १४:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित