मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको नरैनापुर गाउँपालिकको सुशासन र विकासका लागि सहकार्यमा जोड
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज ९ गते – राप्तीपारी नरैनापुर गाउँपालिकमा सम्वादका लागि समन्वयात्मक वैठक गरिएको छ । सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा सम्वाद समूह बाँकले जनप्रतिनीधी लगायत सरोकार पक्षसँग आवश्यक समन्वय र सहकार्यका लागि समन्वयात्मक वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
    विवाद र द्धन्द्ध रुपान्तरणमा क्रियाशिल सम्वाद समूह बाँकेले नरैनापुरमा सहयोगी समूह गठन गरेर सो क्षेत्रमा हुन सक्ने सम्भावित विवाद, द्धन्द्ध र जनसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको छ । शान्ति सुरक्षा, सदभाव, सुशासन कायम र विकास निर्माणमा समेत सम्वाद प्रक्रिया बढाउदै आइरहेको समूहले बुधबार नरैनापुरस्थित जनप्रतिनीधी, कर्मचारी, सुरक्षा अधिकृत, विद्यालयका प्रअ, मदरसाका शिक्षकबीच व्यापक परामर्श गरेको हो । नरैनापुर गाउँपलिकाका प्रमुख मो इस्तियाक अकमद शाहलको विशेष उपस्थितीमा सम्वाद, सम्वादको आवश्यक्ता, समन्वय र सहकार्यको विविध पाटोका बारे प्रकाश पार्दै हातेमालोको प्रतिवद्धता व्यक्त गरिएको छ । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले कार्यक्रमको सहजीकरण गर्दै सम्वाद संस्कृतीको निर्माणले मात्र सुशासन कायम हुन सक्ने भएकाले आपसी समन्वय र सहकार्यको आवश्यक्तामा जोड दिनु भयो । नरैनापुर गाउँपालिकाका प्रमुख शाहले शान्ति, सदभाव र विकास निर्माणलाई प्राथमिकता दिइए पनि अशिक्षाले अपेक्षाकृत काम गर्न नसकिएको स्वीकार्नु भयो । सम्वादको संस्कृति निर्माणका लागि स्थानीय सरकार सदैव तयार रहेको भन्दै उहाँले सबै पक्षसँग समन्वय र सहकार्य गरिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । यस्तै नरैनापुर वडा न ३ का अध्यक्ष राजकुमार मौर्य, महेन्द्र मावि मटेहीयाका प्रधानाध्यापक सन्तोष तिवारी, आधारभुत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादव, वडा न ५ र ६ का सचिव जीवनलाल यादव लगायतले तल्लो तह सम्म सम्वादको विस्तार तथा बातावरण सिर्जना गर्नु पर्ने आवश्यक्ता औल्याए । सम्वाद सहयोगी समूह सदस्य टिका चन्दद्धारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन सदस्य एवं सह सहजकर्ता मकबुल मुकेरीले गर्नु भएको थियो ।

  • ९ आश्विन २०७६, बिहीबार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित