मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जीप दुर्घटना हुँदा सल्यानमा एक महिलाको ज्यान गयाे
  • मार्गरेखा संवाददाता

  •  

    तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा एक महिलाको ज्यान गएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन।

    बिहिबार राती कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमचौरबाट कपुरकोट तर्फ आउदै गरेको जिप दुर्घटना भएको बताएको छ।

    लु १ च ४२५३ न जीप किमचौरको भित्रि सडकमा दुर्घटना हुँदा किमचौर निवासी ६७ वर्षिया कर्मी पुनको मृत्यु भएको हो ।
    उनको अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    जीप दुर्घटना हुँदा कपुरकोट गाउँपालिका वडा  न ४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोक बहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन  र ३७ वर्षका तिलक पुन घाइते भएका छन। घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ ।

    कपुरकोटमा शुक्रबार लाग्ने तरकारी हाट बजारमा उक्त हाटबजारमा तरकारी ल्याउदै गर्दा जीप दुर्घटना भएको प्रहरीको भनाई छ ।

    पानी परेका कारण सडक चिप्लो हुँदा गाडी अनियन्त्रित भई गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक र सह चालकलाई प्रहरी नियन्त्रण राखिएको प्रहरीको भनाई छ ।

  • १० आश्विन २०७६, शुक्रबार १३:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित