मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु
  • मार्गरेखा संवाददाता

  • (धादिङ) : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।

    जनकपुरबाट काठमाडौं जादै गरेको ना ७ ख ५३६४ नम्बरको बसको सिटमै साहको मृत्यु भएको हो । दुवै मृगौला फेल भएर गम्भीर बिरामी भएका साहको जनकपुरमा उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि बसमा चढाएर काठमाडौं लैजाँदै थियो ।

    थाक्रे गाउँपालिका–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठक्कर खाएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववेशी बजारनजिकै हुलाकडाँडामा जाममा फसेको थियो ।

    जाममै रहेका बेला बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात गम्भीर बनेपछि चालक र यात्रुहरुले एम्बुलेन्स खोज्दा खोज्दै बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले बताए ।

    बसको सिटमै मृत्यु भएपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु साह महादेववेशी आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ ।

  • १० आश्विन २०७६, शुक्रबार १३:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित