मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जमा जारी क्वीक्स कप बाँके प्रथम
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – नेपालगञ्जमा खेलाइएको तीन जिल्ला सम्मिलित प्रदेश स्तरीय क्वीक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा बाँके प्रथम भएको छ ।
    दाङको फातिमा इंगलिस बोर्डिङ स्कूललाई २–० गोलले पराजित गर्दै बाँकेको जनज्योती मावि प्रथम भएको हो । बाँके, बर्दिया र दाङ सम्मिलित टोलीबाट प्रथम भएको बाँकेले अब काठमाडौंमा हुने क्वीक्स कप अन्तर विद्यालय प्रतियोगितामा सहभागिता जनाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
    बर्दियासँग बराबरी खेलेका बाँके र दाङलाई शुक्रबार जित्नै पर्ने दबाब थियो । बाजी बाँकेले मा¥यो । बाँकेले २–० गोलको सहज जित निकालेर काठमाडौंको यात्रा पक्का ग¥यो । बाँकेबाट दिलसरा रानाले २५ र मोनिका घर्तिले ५९ मिनेटमा गोल गरेका थिए ।
    जिल्लामा सञ्चालन गरिएको प्रतियोगिताको विजेताले प्रदेशमा प्रतिनिधित्व गरेका थिए । प्रदेशबाट दुई वटा टीम काठमाडौंका लागि छनौट हुने संघका अध्यक्ष शाहीले बताए । नेपालगञ्जबाट बाँकेको टीम छनौट भएको छ । प्रदेश ५ कै अर्को टीमको छनौट बुटवलबाट हुनेछ । त्यहाँ पनि केही जिल्लाले प्रतिस्पर्धा गरेका छन् ।
    काठमाडौंका लागि छनौट भएको बाँकेले पहिलो खेल बर्दियासँग एक÷एक गोलको बराबरी खेलेको थियो । अर्को खेलमा दाङ र बर्दियाको दुई÷दुई गोल भएको थियो । अपराजित रहेपनि बर्दियाको दुई अंकमात्रै भयो । दाङको एक अंक रह्यो । बाँके चार अंकका साथ प्रथम भयो । बाँकेको जनज्योती मावि जिल्लामा आठ वटा टीमको प्रतिस्पर्धामा प्रथम हुँदै प्रदेशमा पुगेको थियो । कोहलपुरको जनज्योती स्कूल खेलकुदमा लगानी गर्ने स्कूलमध्येमा पर्छ ।

     

  • १० आश्विन २०७६, शुक्रबार १४:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित