मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका युवाहरुले बृहत सरसफाई कार्यक्रम गरि पर्यटन दिवश मनाए
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १० असोज /  “हाम्रो सम्पदा ः हाम्रो दायित्व” भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ मा घोषणा भए अनुरुप नेपाल युवा परिषदले विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रव्यापि बृहत सरसफाई कार्यक्रम नेपालका सातै प्रदेश वा ७७ वटै जिल्लामा सम्पन्न गरेको छ । सोही अवशर पारेर प्रदेश नं.५ को बाँके जिल्लामा अवस्थित बागेश्वरी मन्दिर परिसरमा नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा विभिन्न सामाजिक संस्था र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सरसफाई गरिएको छ । विश्वमा वातावरण प्रदुषण सम्बधिका विभिन्न कार्यक्रमहरु चलिरहेका बेला नेपालमा पनि यसका असर र हामी नागरिकको दायित्वलाई मध्यनजर राखि राष्ट्रव्यापि सरसफाई कार्यक्रमको थालनी गरिएको हो । सम्भवत नेपालमा यो किसिमको ७७ वटै जिल्लामा एकै समयमा,एकै ढाँचा अनुसार थालनी गरेको पहिलो कार्यक्रम भएको नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले बताए ।
    देश भरीमा करिब ५००० भन्दा बढिको सहभागिताबाट उक्तm कार्यक्रम सफल भएको छ । जसमा विभिन्न सरकारी तथा गैरकारी निकायसँगको समन्वय र सहकार्य अनुरुप युवा जनशक्तिm लगायतलाई समाज रुपान्तरणको जिम्मेवार निकायका रुपमा जनचेतना बढाउन आआफ्नो क्षेत्रबाट सबैले महत्वपुर्ण भुमिका निवार्ह गरेका छन् । यस बृहत सरसफाई कार्यक्रममा प्रत्येक जिल्लामा एक एक वटा सम्पदालाई सरसफाई गरिएको छ । उक्तm कार्यक्रमको जिम्मा राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि भएका युवा साथीहरुले लिएका थिए ।
    सरसफाई सम्बन्धिका कार्यक्रमहरुलाई थप उपलब्धि मुलक बनाउन र नेपाललाई एक सुन्दर र विश्व जगतमा पर्यटकिय देशका रुपमा स्थापित गर्न आजका युवाहरुको महत्वपुर्ण भुमिका रहने नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले जानकारी दिए ।  नेपालगन्जमा भएको सरसफाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले आगमी दिनमा युवाहरुसँग समन्वय तथा सहकार्य गरे मात्र नेपालले राखेको सुखि नेपाली समृद्ध नेपालको बृहत अभियानलाई टेवा पुग्नेमा जोड दिनुभयो । साथै उहाँले पर्यटनमा लगानी गर्न सकियो भने राष्ट्र समृद्ध हुने साथै भिजिट नेपाल २०२० सफल हुने बताउनुभयो ।

  • १० आश्विन २०७६, शुक्रबार १५:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित