मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रहरी र राष्ट्रिय वाणिज्य बैंक गुलरियाको सहकार्यमा विद्यालय सम्पर्क कार्यक्रम
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया–असोज–१०, जिल्ला प्रहरी कार्यालय बर्दियाद्धारा विद्यालय सम्पर्क कार्यक्रम संचालन भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय, बर्दिया र राष्ट्रिय वाणिज्य बैंक गुलरिया शाखाको आयोजनामा विद्यार्थिहरुका लागि विद्यालय सम्पर्क कार्यक्रम भएको हो । सदरमुकाम स्थित गुलरियामा रहेका महाकवि देवकोटा माध्यमिक विद्यालय, बर्दिया मेडिकल इस्टिच्युट र बबई बहुमुखी क्याम्पसका २ सय भन्दा बढि विद्यार्थीलाई लागु औषध, लैङ्गिक हिँसा, साइबर क्राइम, बालबालिका यौन दुर्वयवहार र ट्राफिक नियमका बारेमा जानकारी गराईएको थियो । समाज अपराध रहित, वेथिती रहित रहोस् भनी यस्ता किसिमका कार्यक्रमहरु नेपाल प्रहरीले गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए । समाज अपराध रहित नभएमा अशान्ति फैलिने भएकाले यस्ता चेतनामुलक कार्यक्रमले समाजमा केहि न केहि परिवर्तन आउने भएका कारण युवाहरुमा यस्तो कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने उपरिक्षक बास्तोलाले बताएका छन् । जिल्ला समन्वय समिति गुलरियाको सभाहलमा शुक्रवार भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले सहजीकरण गरेका थिए । विद्यार्थीहरुलाई वित्तचित्रको माध्यमबाट जानकारी गराइएको थियो ।

  • १० आश्विन २०७६, शुक्रबार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित