मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका १३ सहकारी मार्फत दशैमा ६ हजार खशीबोका बिक्रि गर्नै लक्ष्य
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,असोज,१२। हेफरनेपालको सहयोगमा संचालित रहेका बर्दियाका १३वटा सहकारी मार्फत दशै,तिहारलाई मध्यनजर राखि ६हजार खशीबोका बिक्रिगर्नै लक्ष्य रहेको थारु महिला उत्थानकेन्द्र बर्दियाले वताएको छ। बिशेष गरि ग्रामीण क्षेत्रका साना किसानहरुले उत्पादन गरेका खशी,बोकाहरु विना तौललेनै बिक्रि गर्नेहुदा किसानहरु विचौलीयाका कारण घाटाखानु पर्नै भएको हुदा यस्तो गतिविधीलाई निरुस्साहित गर्नका लागि सहकारी मार्फत तौलगरि खशी,बोका बिक्रि गराउन लागिएको ज्यूदो खशीबोका वजारिकरण शिविरमा जनाईएको छ । हेफर नेपालको आर्थिक सहयोग तथा थारु महिला उत्थानकेन्द्रको आयोजनामा साना किसान सस्था सवलिकरण परियोजना अन्र्तगत जीउदो खशी वजारिकरण शिविर मार्फत सहकारीले खशी खरिद गर्नै गरेको छ । यसरि जीउदो खशीबोका सहकारी मार्फत खरिद गरिदिदा किसानहरुलाई वजारको समस्या नहुनुको साथै आफुले उत्पादन गरेका खशीबोकाको उचित मूल्य प्राप्त गर्नै थारु महिला उत्थान केन्द्र बर्दियाका कार्यक्रम संयोजक शोभाकान्त पौडेलले वताए । १३ सहकारी मार्फत २७सय खशीबोका खरिद गरि बिक्रि गरिएको पौडेलले जानकार िगराएका छन् । सहकारी मार्फत किसानले उत्पादन गरेका खशबिोकाको उचित मूल्य पाउनेकाम नयाँकामको शुरुवात भएको गुलरिया नगरपालिका वडानम्बर ४का वडा अध्यक्ष रामबहादुर रावलले वताए । यस्तो कार्यले पछाडीपरेका किसानको मनोबल बढाउनुको साथै खशीबोका पालनमा थप प्रेरणा दिने वडाअध्यक्ष रावलले वताए। जस्का कारण किसानको जीवन स्तरपनि सुध्रदै जाने रावलले वताए ।

  • १२ आश्विन २०७६, आईतवार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित