विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको सुरक्षा योजनाका बारेमा आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख विर बहादुर ओलीले चाडपर्वको समयमा आर्थिक सहयोगको नाममा चन्दा संकलन, चिठ्ठा उपहार जस्ता गतिविधिहरु संचालन गर्न नपाइने बताए । चाडपर्वसँगै बजारमा मौलाउने कालोबजारी, कृतिम अभाव, अस्वाभाविक मुल्य वृद्धि जस्ता कार्यहरुलाई रोक्न सम्बन्धित निकायहरुसँग समन्वय गरी प्रभावकारी रुपमा अनुगमनको व्यवस्था मिलाउने र उद्यमी, व्यापारीहरुलाई अनिवार्य रुपमा मुल्य सुची राख्न लगाउने ओलीले बताए ।

चाडपर्वमा मदिरा सेवन गरी अपराधिक क्रियाकलापमा संलग्न हुनेको सम्भावना रहने भएकाले घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण, जुवा तास, लंगुरबुर्जा जस्ता गतिविधिहरुलाई पुर्ण रुपमा निस्तेज पार्ने योजनामा रहेको प्रमुख ओलीले जनाकरी दिए । गुण्डागर्दी विरुद्ध विशेष अपरेसन शुरु गरी पुर्णतया नियन्त्रण गर्ने जानकारी दिदै प्रमुख ओलीले भने, ‘चार्डपर्व अवधीभर यात्रुहरुको सहजता, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि जमुनाह, नेपालगंज वसपार्क, गुलरिया वसपार्क र कोहलपुर वसपार्कमा नागरीक सहायता कक्षको व्यवस्था गरीएको छ ।’

यसैगरी बडा दशै, दिपावली र छठपर्व जस्ता लामो विदाको समयमा सुरक्षा निकायका प्रमुखहरुले विदामा नबस्ने र सबै सरकारी कार्यालयहरुमा भरपर्दा पालोपहराको व्यवस्था मिलाईने वलीले बताए । यसैगरी चडापर्वलाई लक्षित गरेर लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा अनिवार्य २ जना सवारी चालक राख्ने र अवका दिनमा चालकहरुले लोगो सहितको युनिफर्म लगाउनु पर्ने व्यवस्था समेत गरेको प्रमुख ओलीले जनाकारी दिए ।

नेपालगंजका विभिन्न क्षेत्रमा राखीएका ५६ वटा सिसि क्यामराहरुको मर्मत गरी संचालनमा ल्याइने भएको छ भने बाँकेका अति संवेदनशिल मानिएका क्षेत्रहरुमा १५ ओटा सिसि क्यामरा ५ ठाउँमा संचालनमा ल्याइएको प्रमुख ओलीले जानकारी दिए । चाडपर्वको समयमा राप्तीपारी नरैनापुर लगाएतका क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै दुर्गामुर्ति बिसर्जनमा विशेष सुरक्षा योजना बनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाईने र भिडभाड हुने ठाउँहरुमा अतिरिक्त प्रहरी परिचालन गरीने सुरक्षा योजनामा उल्लेख गरीएको छ ।