मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसको २८ विभागको नेतृत्व मंगलबारसम्म को को ले पाउने भए
  • मार्गरेखा संवाददाता

  • १३ औं महाधिबेशन भएको चार बर्ष पुग्नै लाग्दा नेपाली कांग्रेसले २८ विभागलाई पूर्णता दिनेसम्बन्धी छलफल शुरु गरेको छ।

    पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा भोलि मंगलबारसम्म बिभागलाई पूर्णता दिने सहमति भएको छ।

    यसका लागि सभापति देउवाले आफ्नो समूहबाट उपसभापति विमलेन्द्र निधिलाई र वरिष्ठ नेता पौडेलले रामशरण महत, बलबहादुर केसी र नवीन्द्रराज जोशीलाई जिम्मा दिएका छन्। निधिसहित महत, केसी र जोशीबीच कसलाई कुन विभागको जिम्मा दिने भन्नेबारे छलफल हुँदैछ।
    भोलिसम्म सबै बिभागका प्रमुखसहित सदस्यहरुको टुंगो नलागे पनि बिभाग प्रमुखको भने टुंगो लगाउने बताइएको छ।

  • १३ आश्विन २०७६, सोमबार १७:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित