मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दशैंकाे तेस्राे दिन आज चन्द्रघण्टाको पूजाआजा गरिदैं
  • मार्गरेखा संवाददाता

  • नेपालीको महान पर्व दशैंकाे आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरी मनाइदै‌ंछ। देबी मन्दिरहरुमा पूजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ।

    राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ।

    आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ। चन्द्रमा शीतलता र कलाको प्रतीक हुन्। चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ।

  • १४ आश्विन २०७६, मंगलवार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित