मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सभामुखबाट राजीनामा दिँदै महरा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । यौन दुर्व्यवहारको आरोप झेलेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन् । नेकपाका नेताहरूको परामर्श र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझाव–निर्देशनपछि महराले राजीनामा दिने तयारी गरेका हुन् ।

    संविधानतः सभामुख पार्टीको सदस्य नभएकाले अध्यक्ष र प्रधानमन्त्रीले निर्देशन दिन नमिल्ने भए पनि पार्टीसँग जोडिएको विषय हुनाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए । सभामुख महराले अन्य शीर्ष नेतासँग पनि परामर्श गरेको बताइएको छ ।

    नेताहरूको सुझाव अनुसार महरा आजै दिउँसो राजीनामा दिने तयारीमा रहेको नेकपाका नेताहरूले बाह्रखरीलाई जानकारी दिए । प्रतिनिधिसभा नियमावलीमा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ ।

    महरा प्रकरणपछि पार्टीको धारणा तय गर्न नेकपाको आकस्मिक सचिवालय बैठक बालुवाटारमा बैठक बस्दैछ । सचिवालयको बैठकपछि सभामुख महराको राजीनामा आउने नेकपा स्रोतले बतायो ।

  • १४ आश्विन २०७६, मंगलवार १२:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित