मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री ओलीले सी भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग गरे छलफल
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, असोज २३ : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफल प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको आपसी सम्बधलाई थप उचाइमा पुर्‍याउने धारणा राखेका थिए। उनले सीको भ्रमणका सबै दलले एकमत भएर दुई देशबीच आपसी हितमा भ्रमणलाई सफल बनाउनु पर्ने पनि बताएका थिए।

     

    बैठकमा पूर्पप्रधानमन्त्री एवं कांग्रेस सभापपति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, डा. बाबुराम भ‌ट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल,  सरकारका मन्त्रीहरु लगायत नेकपाका नेताहरु पनि सहभागी थिए।

    पूर्वप्रधानमन्त्रीहरुले चीन नेपालको पुरानो साझेदार मुलुक भएकाले आपसी हितलाई मुख्य केन्द्रमा राखेर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

  • २३ आश्विन २०७६, बिहीबार १२:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित