मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रहरी दिवस बर्दियामा पनि मनाइयो
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,असोज २४।
    ६४औं प्रहरी दिवस बर्दियामा पनि भव्यताका साथ मनाइएको छ । प्रहरी स्थापना दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय बर्दियाले विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्ले जिल्लामा प्रहरी प्रशासनले अपराधको घटना न्यूनिकरण गर्न खेलेको भुमिकाको प्रशंसा गरेका थिए । अबैध मालसमान तस्करी, लागु औषध नियन्त्रण लगाएतका अपराधीक गतिविधिहरुमा समेत बर्दिया प्रहरीले राम्रो भुमिका खेल्न सफल भएको प्रजिअ कुरुवाङ्ले बताए । अन्य राष्ट्रसेवक भन्दा प्रहरीले तुलनात्मक हिसाबले बढि समय काम गर्नुपर्ने भएकाले प्रहरीको मनोबल उच्च राख्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनु पर्ने उनको भनाई थियो ।
    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले प्रहरी संगठनमा कुनैपनि दाग नलाग्ने किसिमले बर्दिया प्रहरी अगाडी बढिरहेको बताए । उनले कानून भन्दा माथि कोहि पनि नभएकाले अपराधीक गतिविधिमा लाग्ने जो सुकैलाई पनि कानून अनुसार नछाडिने बताए । कार्यक्रमको अवसरमा अमर प्रहरीहरुको शालिकमा माल्यार्पण गर्नुका साथै अमर प्रहरी परिवारहरुलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा आठवटै स्थानीय निकायका प्रमुख, उप–प्रमुखहरुले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीको अहम भुमिका रहनुका साथै प्रहरीलाई जुनसुकै अपराधिक घटनामा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सो कार्यक्रममा संचारकर्मी, नागरिक समाज, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरु, भु.पु. प्रहरी लगाएतको उपस्थिती रहेको थियो ।

  • २४ आश्विन २०७६, शुक्रबार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित