मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ८ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

    इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष जीवन कुमार थापा मगरले रातोपाटीलाइ जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएकोमा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

    सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

    घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष थापा मगरले बताए ।

    घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।

    मृतकहरुको सनाखत हुनसकेको छैन । यसबारेमा थप विवरण आउन बाकी छ

  • २४ आश्विन २०७६, शुक्रबार १२:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित