मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यी चीज घरमा भए के हुन्छ थाहा पाउँनु होस
  • मार्गरेखा संवाददाता

  • हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।

    यहाँ हामी यस्तो चीज बताउँन गइरहकेका छौ कि जसको आगमनले वा जुन चीज तपाईको घरमा हुँदा तपाईलाई नोक्सान पार्न सक्छ ।

    १. परेवाको प्वाँख
    घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन । वास्त शास्त्रको अनुसार यसले अशुभ संकेत गर्दछ । जसको कारण घरमा समस्या आउन सक्छ ।

    २. मौरी वा अरिगांलको गोलो
    मौरी वा अरिगांलले यदि घरको छतमा वा छानामा गोलो लगाएको छ भने यसलाई अत्यन्तै अशुभ मानिन्छ । जसको कारण ठूलो दुर्घटना निम्तिन सक्छ ।

    ३. माकुरोको जालो
    घरमा कहिल्यै पनि माकुरोको जालो लाग्न दिनुहुँदैन जसले समस्या र उल्झन निम्त्याउँछ ।

    ४. टुटेको काँच वा शीशा
    घरमा कहिल्यै पनि टुटेको काँच वा शीशा राख्नुहुँदैन । जसले तपाईमा ‘नेगेटिभ’ उर्जा पैदा गर्दछ ।

    ५. चमेरो घरमा आउनु
    घरमा चमेरो आउनु निकै अशुभ मानिन्छ । वास्तु शास्त्रको हिसाबअनुसार घरमा चमेरो आउनु सुन्यपनको संकेत हो जसको कारण घरको मान्छे घर छोडेर जाने वा कुनै नराम्रो हुनसक्छ ।

    ६. घरको भित्ता चर्किनु
    घरको भित्ताको जहाँ चर्किन्छ त्यहाँ तुरुन्त मर्मत गरिहाल्नुपर्छ । यसले धन नाशको संकेत गर्छ ।

  • २८ आश्विन २०७६, मंगलवार १३:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित