मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विप्लवका दाजु चन्द्रबहादुर चन्द दाङबाट पक्राउ
  • मार्गरेखा संवाददाता

  • विप्लवका दाजु चन्द्रबहादुर चन्द दाङबाट पक्राउ

    ३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ ।

    ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले अनलाइनखबरलाई बताए

    उनले पक्राउ पर्नेको विवरण आइनसकेको बताए । यद्यपि, जिल्ला प्रहरी कार्यालय, दाङका एक अधिकृतले पक्राउ पर्नेमा चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाजु हुन् । उनीसँगै पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् ।

  • ३० आश्विन २०७६, बिहीबार १३:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित