मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकाे पर्यटन स्थल ठाकुरद्वारालाई जाेड्ने ९ कराेड ९६ लाख रूपैयाकाे लागतमा पुल संचालन
  • मार्गरेखा संवाददाता

  • दुर्गा अचार्य,बर्दिया,कात्तिक ६ बर्दियाकाे पर्यकिय क्षेत्र ठाकुरद्वारा संग जाेड्ने अाैराई खाेला पुल अाजबाट संचालनमा अाएकाे छ । सम्झाैता मिति भन्दा १ बर्ष अगाडिनै निर्माण सम्पन्न भएकाेसाे पुल संचालनमा अाएपछी बर्दिया राष्ट्रिय निकुञ्ज अाउने पर्यटकलाई सहज भएपछि पर्यटन व्यवसायी समेत खुशी भएका छन् । २०७४ साल फाल्गुण ११ गतेबाट निर्माण कार्यशुरू भएकाेसाे पुल स्थानीयबासी,प्रशासनको सहयाेगमा १ बर्षअगाडीनै सम्पन्न गर्न सफल भएको निर्माण कंपनी सपना गाल्भा जेभीका संचालक तिलकराम लम्सालले वताए।समय अगाडिनै पुल निर्माण भएका कारण जिल्ला प्रशासन कार्यालय बर्दिया र डिभिजन सडक कार्यालय नेपालगन्जले प्रशंसा पत्र समेत निर्माण कंपनिलाई प्रदान गरेकाे छ । समयमानै निर्माण सम्पन्न गरेकाेमा निर्माण कंपनीकाे प्रशंसा गर्दे अरू निर्माण कंपनिले समेत पाठ सिक्नु पर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्ले वताए।१सय ७०मीटर लामाेसाे पुलको लागत मूल्य अभिबृद्धि कर समेत गरि ९करोड ९६ लाख रहेकाे निर्माण कंपनिले जनाएको छ ।।।।

  • ६ कार्तिक २०७६, बुधबार १७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित