मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कार्यकर्ता निर्दोश भएकोले बिना सर्त रिहा गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । नेपाल तरुण दल बाँकेले बिहिवार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ। नेपालगन्जका तरुण दल नगर सभापति सन्दिप जङ्ग शाह लगायत अन्य ३ जना कार्यकर्ताको रिहाइको माग गर्दै प्रशासन अगाडी बाँके कांग्रेस र तरुण दलले धर्ना दिएको हो। आफ्ना सबै कार्यकर्ता निर्दोश भएकोले बिना सर्त रिहा गर्नुपर्ने भन्दै प्रहरी प्रशासन बिरुद्ध कार्यकर्ताले नाराबाजी गरेका थिए। पेस्तोलसहित पक्राउ प्रकरणमा प्रहरीले इमान्दारिता पुर्वक अनुसन्धान गर्न धर्नामा अगुवाइ गरेका कांग्रेस नेताले सुझाव दिएका छन् । धर्ना कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, पार्टी सभापति किरण कोइराला, कांग्रेस नेता रमेश गुप्ता, नक्की खा, लक्ष्मी नारायण शाह,तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाह , युवा नेता बुद्धि सागर सुबेदी, माधब राम खत्री लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

  • २१ कार्तिक २०७६, बिहीबार १६:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित