मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

को हुन नेपाली काँग्रेसका उमेद्वार श्री कृष्ण थारु ?
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिका वडा नं. ६ मा अहिले चुनावी सरगर्मी दिन प्रतिदिन बढिरहेको छ । स्थानिय निकायको निर्वाचन २०७४ बाट नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित रामशोहन थारुको निधन भएपछि आउँदो मंशिर १४ मा यस वडामा वडाध्यक्ष पदका लागि उप–निर्वाचन हुँदैछ । पार्टी एकिकरण पश्चातको हालको सत्तारुढ दल नेकपा र राप्रपाका उमेद्वारसँग चुनावी प्रतिस्पर्धामा नेपाली काँग्रेसले श्री कृष्ण थारुलाई वडाध्यक्षको उमेद्वारका रुपमा सर्वसम्मत अघि सारेको छ । थारु बहुसंख्यक समुदायको वाहुल्यता रहेको वडामा पहाडी समुदायसँग पनि त्यत्तिकै लोकप्रिय एवम् परिचित व्यक्तिका रुपमा आफ्नो छवि बनाएका व्यक्ति पनि हुन श्री कृष्ण ।

    को हुन् श्री कृष्ण ?
    २०३५ साल भाद्र १५ गते साविकको रझेना गाविस वडा नं. ७ एवम् हाल कोहलपुर नगरपालिका वडा नं. ६ मा जन्मेका श्री कृष्ण परिवारका माइलो सन्तान हुन् । राजनीतिक तथा सामाजिक सहिष्णु सहितको परिवारमा हुर्केका उनले सानै उमेरदेखि राजनीतिलाई नजिकबाट नियाल्न पाए । उनका दिवंगत हजुरवुवा पञ्चायतकालदेखि मृत्युपर्यन्तसम्म राजनीति र समाजसेवामा तल्लिन रहेका थिए । र उनको पिता टिकाराम थारु पनि पञ्चायतकालेखि हालसम्म राजनीति, समाजसेवामा सक्रिय छन् । हजुरवुवाको राजनीतिक कालेखि घरमा राजनीतिक पृष्ठभूमीका व्यक्तिहरुको आवत जावत र राजनीतिक भेटघाट तथा छलफल प्रायजस्तो भइरहन्थ्यो, उनी भन्छन–“सोही समयदेखि राजनीतिक चेतनाको विकास भयो र विस्तारै राजनीतिलाई बुझ्ने अवशर पाएँ, यो ने मेरो राजनीतिक शुरुवाती दिनहरु रहे ।” शालिन तथा भद्र स्वभावका श्री कृष्ण बडघर (थारु समुदायको समुदायस्तरको सर्वमान्य न्यायिक संयन्त्र) को सह सचिव समेत रहेर काम गरे । जसबाट उनले थारु समुदायमा हुने विभिन्न समस्या, चुनौती र चेतनास्तरलाई राम्रोसँग बुझ्ने मौका पाए । समुदायमा हुने सबै प्रकारका विवाद, झैझगडा लगाएतका विवादित कुरहरुलाई बडघरले नै मेलमिलाप गराउनेदेखि आवश्यक परे न्यायिक फैसला समेत सुनाउनेसम्मको अधिकार रहन्थ्यो, बडघर समुदायमा सर्वमान्य न्यायिक संयन्त्र भएकाले उनी समुदायमा लोकप्रिय र सफल सामाजिक व्यक्तित्वको छवि बनाउन सफल भए । अहिले पनि समुदायस्तरमा हुने विभिन्न पुजा, भण्डारा लगाएतका धार्मिक गतिविधीहरुमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । थारु कला संस्कृतीको संरक्षण एवम् सम्वद्र्वनमा क्रियाशील श्री कृष्ण वडा नं. ६ लाई थारु समुदाय, पहाडी समुदाय र मधेशी समुदायको सामाजिक मेलमिलाप, सामाजिक सहिष्णु सहितको वडाका रुपमा नमूना वडाका रुपमा विकास गर्न जस्तो सुकै परिस्थितीको सामना गर्न पनि तयार रहेको बताउँछन् । वडा न.. ६ लाई भौतिक पूर्वाधार सम्पन्न वडाका रुपमा विकास गरेर छिमेकी वडाहरुसँग पूर्वाधार एवम् आधुनिक भौतिक संरचना सहित जोड्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
    वडामा रहेको सिद्वार्थ आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उनलाई सर्वसम्मत रुपमा चयन गरिएपछि विद्यालयको सर्वाङ्गिण विकासमा उनले पु¥याएको योगदानको वडावासीले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।
    उनकै कार्यकालमा विद्यालयमा लामो समयदेखि कक्षा कोठाको अभाव अन्त्य भएको थियो । तत्कालिन समयमा उनकै पहलमा जिल्ला शिक्षा कार्यालयले भनव निर्माणका लागि रकम बिनियोजन गरेको थियो । यस्तै विद्यालयमा पुस्तकालयको आवश्यकतालाई महशुस गरेर रुम टु रिड संस्थाको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गर्न सफल भएका थिए । उनको कार्यकालमा विद्यालयमा कुनै पनि आर्थिक विवादको सामना गर्नु परेन । उनी भन्छन्–“चुनावको समयमा म माथि नियोजित रुपमा आर्थिक अनियमितताको प्रश्न उठाईछ तर यो विषयमा म बोल्नै परेन, विद्यालयले नै मेरो कार्यकालमा कुनै पनि आर्थिक अनियमिमता नभएको र मेरो नाममा कुनै पनि बेरुजी रकम बाँकी नरहेको स्पष्ट पारिदिएको छ ।” उनकै कार्यकालमा विद्यालयको भौतिक विकासका लागि आयोजना गरिएको महायज्ञलाई सफल पार्न उनले अतुलनीय योगदान दिएको वडावासीको भनाई छ ।
    कोहलपुर नगरपालिका अन्र्तगतको वडा न.. ६ मा विशेष गरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया र (हात्तीपाइले रोग) फाइलेरियाबाट संक्रमित व्यक्तिहरुको पहिचान गरी उपचारका लागि उनले देखाएको तत्परताबाट वडावासीहरुमाझ अझ लोकप्रिय बनेका थिए । विभिन्न सचेतनामूलक गतिविधीहरु सहित उनी वडालाई सिकलसेल र फाइलेरिया मुक्त वडाका रुपमा विकास गर्न अझै पनि समुदायस्तरमा सक्रिय नै छन् । प्रवेशिका तहसम्मको अध्ययन गरेका श्री कृष्ण नगर क्षेत्रका कुशल डकर्मी समेत हुन् । शैक्षिक दिगो विकास र पूर्ण सरसफाई सहितको वडाका रुपमा वडा न.. ६ लाई विकसित गर्दै भौतिक पूर्वाधारसम्पन्न वडाको रुपमा विकास गर्न निर्वाचनमा पराजय व्यहोरेपनि कहिलेपनि यो अभियानबट विमुख नहुने उनको भनाई छ । २ पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा एक पटक संविधान सभाको निर्वाचनमा समानुपातिक उमेद्वारका रुपमा र अहिले वडाध्यक्षको उमेद्वारका रुपमा आपूmलाई अगाडी उभ्याँएका श्री कृष्ण आपूmलाई अन्य दलहरुले अघि सारेका उमेद्वारहरुको तुलनामा फरक मान्छन र वडावासीको आपसी सद्भाव, बन्धुत्वको भावना र सदा साहयताका कारण फराकिलो मतान्तरले बिजय हुनेमा ढुक्क छन् ।

     

  • २५ कार्तिक २०७६, सोमबार १३:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित