मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तरुण दलले बन्दको पूर्वसन्ध्यामा राँके जुलुश
  • मार्गरेखा संवाददाता

  • तरुण दल बाँकेले नेपालगन्जमा राँके जुलुश निकालेको छ । कार्तिक २९ गते बाँके बन्दको घोषणा गरेको तरुण दलले बन्दको पूर्वसन्ध्यामा राँके जुलुश निकालेको हो ।

    काँग्रेस पार्टी कार्यालयदेखी स्थानिय बिपि चोकसम्म राँके जुलुश निकालिएको नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए ।

    आफ्ना कार्यकर्तामाथी प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै तरुण दलले शुक्रबार बाँके बन्दको घोषणा गरेको छ । बन्द सफल बनाउन बिहिबार बेलुका राँके जुलुश निकालिएको तरुण दलले जनाएको छ ।

    बन्दको समयमा एमबुलेन्स लगायत अति आबश्यक सवारी साधनहरु भने चल्न पाउने तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिए । बन्दका दिन स्कुल, कलकारखाना, गाडी, ईरिक्सा लगायत पसलहरु सबै बन्द गरिने शाहले बताएका छन् ।

  • २८ कार्तिक २०७६, बिहीबार २१:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित