मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तरुण दल बाँकेले घाेषण गरेकाे बाँके बन्द पुरै जिल्लामा प्रभाव
  • मार्गरेखा संवाददाता

  • बिहानैदेखि बाँकेमा बन्दको प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि देखिएको हो । सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण संस्थाहरु बन्द छन् ।

    प्रहरीले आफ्नो नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेको हो । बिहानै कलेज हिडेका विद्यार्थीहरु घर फर्किएका छन् । सडकमा केही मात्रामा मोटरसाइकल चलेपनी अन्य यातायातका साधन भने चल्न सकेका छैनन् ।

    बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि प्रहरी सुरक्षा व्यवस्था बलियो पारेको छ । बन्द साँझ ५ बजेसम्म जारी रहने तरुण दल बाँकेले जनाएको छ

  • २९ कार्तिक २०७६, शुक्रबार १०:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित