मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तरुण दलको बन्दमा युवाहरु स्वतःस्फूर्त रुपमा सहभागी
  • मार्गरेखा संवाददाता

  • शुक्रवार नेपाल तरुण दल बाँकेले आह्वान गरेको बाँके बन्दमा युवाहरुले स्वतःस्पूmर्त रुपमा सहभागी बनेका छन् । स्वतःूपूmर्तरुपमा सहभागि भएका युवाहरुले बर्तमान समयमा भारतले जारी गरेको नक्सामा नेपालको पश्चिमी भुभाग अन्र्तगत कालानी, लिपुलेक लगाएत देशका विभिन्न स्थानमा नेपाली भूमि अतिक्रमण गरिरहेको भन्दै राष्ट्रियताको पक्षमा र गृह प्रशासनको ज्यादती बिरुद्व तरुण दलको बन्दमा सहभागिता जनाएको बताएका छन् ।

    कोहलपुर रझेना निवासी प्रेम खत्रीले बर्तमान सरकार जनतामाझ गरेका वाचालाई पुरै व्यवास्ता गर्दै नेपालको सिमा मिचिदा पनि ठोस कदम चाल्न नसकेको भन्दै सरकारको कडा विरोध जनाए । तरुण दलको बन्द राष्ट्रिय स्वाधिनता र गृह प्रशासनले गरिरहेको ज्यादतीका बिरुद्वमा भएकाले आपूm स्वतःस्पूmर्त रुपमा तरुण दलले आह्वान गरेको बन्दमा सहभागि भएको बताए ।
    नियोजित रुपमा प्रहरीले तरुण दल नेपालगञ्ज नगर सभापति संन्दिप शाहको कारमा स्वचालित पेस्तोल राखेर राजनीतिक पूर्वाग्रही रुपमा झुट्टा मुुद्दा चलाएको र भारतले नेपालको सिमा अतिक्रमण गर्दा पनि सरकारले ठोस कदम चाल्न नसकेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन र निर्दोष तरुण नगर सभापति सहित पक्राउ परेको अन्य तरुण युवाहरुलाई लगाएतको मुद्दा तत्काल फिर्ता लिन दवाव स्वरुप बाँके बन्दको आह्वान गरेको नेपाल तरुण दल क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिग्बिजय जंग राणाले बताएका छन् ।

    क्षेत्रीय सभापति राणाका अनुसार कोहलपुर क्षेत्रमा बन्दकर्ताले शान्तिपूर्वक संयमता अपनाउँदै विरोध कार्यक्रम अन्र्तगत बन्द सफल पार्न तरुण युवाहरुलाई निर्देशन दिइएकाले कुनै पनि अप्रिय घटना नघटेको बताए । बन्दका कारण बाँकेका प्रमसख नगर क्षेत्रहरु पूर्ण रुपमा प्रभावित बनेका छन् । विहानै देखि लामो तथा छोटो दुरीका कुनै पनि सवार िचल्न सकेनन् । बन्दकर्ताहरु विहानैदेखि यातायात, व्यवसायलाई पूर्ण रुपमा ठप्प पारेका थिए भने अपरान्ह १ बजेदेखि कोहलपुर चौराह क्षेत्रमा लामो दुरीका सवारी साधनमा यात्रारत यात्रुहरुको पीडालाई महशुस गर्दै आफ्नो गन्तव्यमा जान दिएका थिए । यद्यपी यो समाचार तयार पार्दासम्म तरुण युवाहरु बजार पूर्ण रुपमा बन्द गराउँदै सडकमा प्रशरी प्रशासन र सरकारको बिरोध जनाइरहेका छन् ।

    बन्दलाई सफल पार्न सडकमा तरुण युवाहरुसँगै नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री, नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्मा लगाएत नेपाली काँग्रेस निकट विभिन्न भातृ संगठनमा आवद्व नेता तथा कार्यहरु उपस्थित भएका थिए ।

  • २९ कार्तिक २०७६, शुक्रबार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित