मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साईबर कानुन बारे विद्यालय तहमा पढाई हुुनु पर्नेमा जोड किशाेरीहरूकाे माग
  • मार्गरेखा संवाददाता

  • बैजनाथ(बाँके) २९ कार्तिक ÷ साईबर अपराधबाट बच्नको लागि विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी रहेको बैजनाथ गाउँपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा बैजनाथ गाउँपालिका वडा नं.१ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर कानुन तथा सामाजिक सन्जाल मार्फत लेख प्रकाशन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।
    सो तालिममा बैजनाथ गाउँपालिका वडा नं.१ का एकता किशोरी किशोरीहरुको सहभागिता रहेको छ । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुनको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर लसिना वलीले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिइन् । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको जानकारी गराईन् ।
    बैजनाथ गाउँपालिका वडा नं.१ का सहभागी किशोरी सन्चिता लुईटेलले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसैगरि अर्का सहभागी तुलसी शर्माले सामाजिक सन्जालका फाईदा र बेफाईदा बारे जानकारी पाएको सार्थ सामाजिक सन्जाललाई सही सदुपयोग गर्नु पर्ने बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाह उन्मुलन वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

  • २९ कार्तिक २०७६, शुक्रबार १९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित