मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवा गाउँपालिकामा १५ सैयाको अस्पताल स्वास्थ्य चौकी भवनको उद्घाटन
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), ३० कार्तिक । डुडुवा गाउँपालिका वार्ड नं. ५ अन्र्तगत नवनिर्मित कम्दी स्वास्थ्य चौकीको साढे दुई तले भवनको आज एक समारोहका विच उदघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उदघाटन गर्दै पालिकास्तरमा १५ सैययाको अस्पताल निमार्णको तयारी भईरहेको बताउनुभयो ।
    उहाँले अस्पताल निमार्णका लागि चाहिने जग्गाको व्यवस्थापन भईरहेको भन्दै गाउँपालिकामा स्वास्थ्य सम्वन्धी समस्याको समाधानका लागि आवश्यक बजेट तथा जनशक्तिको व्यवस्थापन गर्ने बताउनुभयो ।
    अध्यक्ष चौधरीले समुदायस्तरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका महत्वपुर्ण भएकाले उनीहरुको योगदानको प्रंशासा गर्दै कार्यक्षेत्रमा आवत जावत गर्नका आगामी दिनमा यातायात सवारीका लागि साईकिलको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले वडा नंं ५ ठुलो भौगोलिक क्षेत्र र जनसंख्या भएकाले सेवाग्राहीलाई पायक पर्ने स्थान डलैपुरमा समुदायिक स्वास्थ्य सेवा इकाई स्थापना गर्ने बताउनुभयो ।
    उद्घाटन समारोहमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढा, स्वास्थ्य चौकी इन्चार्ज थीरमानसिंह रोकाय, माहिला स्वयम्सेविका सरस्वती बुढाथोकी लगायतले बोल्नु भएको थियो ।
    वडाध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निमार्णका जग्गादान गर्ने ६ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ७ कठठा जमिनमा रु २ करोड ४७ लाख ४१ हजार ८१६ को लागतामा साढे दुई तलाको भवन निमार्ण भएको स्वास्थ्य चौकी इन्चार्ज थीरमानसिंह रोकायले बताउनुभयो ।
    सो भवनमा निशुल्क प्रयोगशाला र बर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने १५ जना जनशक्तिले २४ सै घण्टा सेवा दिईरहेको छ । गाउँपालिकाको वडा नंं २ र ५ मा स्वास्थ्य चौकीको अत्याधुनिक भवन निमार्ण भईसकेको छ ।

  • ३० कार्तिक २०७६, शनिबार १९:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित