मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा ५८ किलो चरेस सहित ५ जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया
    मंसीर १ गते
    बर्दिया प्रहरीले भारी परिणाममा लागु औषध चरेस पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक शुनिल बश्याल सहितको विशेष गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडकबाट ५८ किलो लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्वी रुकुम घरभई हाल दाङ घोराही नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
    उनिहरुबाट ५८ किलो चरेस सहित भारतिय र नेपाली गरि नगद ३२ हजार ५ सय ९८ रुपैया र ५ थान मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक रामशंकर कोहारले बताए । सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई रोकी शरिर तथा बोकेको झोला खानतलासी लिंदा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस सहित पक्राउ गरिएको हो । पक्राउ परेका पाचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १ मंसिर २०७६, आईतवार १३:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित