मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल आरोप
  • मार्गरेखा संवाददाता

  • २ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

    नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले दावी गरे ।

    ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन्,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

    वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न पनि सरकारसँग माग गरे । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारवाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।

    उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

    वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औल्याए ।

  • २ मंसिर २०७६, सोमबार १५:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित