मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यस कारण मेरो उम्मेद्वारीः श्रीकृष्ण थारु
  • मार्गरेखा संवाददाता

  • मेरो उम्मेदवारी कुनै ब्यक्ति बिशेष र कुनै पार्टिका विरुद्ध हैन मेरो उम्मेदवारी त कोहलपुर वडा न ६ मा ब्याप्त गरिबी, अशिक्षा, बेरोजगारी, अन्धकार, बिभेद र असमानताको विरुद्धमा हो तसर्थ म वडा न ६ का मतदाताको सर्वसम्मत र साझा उम्मेदवार हु ।
    मेरो बिजयले बर्तमान सरकारको स्वेच्छाचारी चरित्र, भ्रष्टाचार, कालोबजारी, हचुवाको भरमा गरिएको कर वृद्धि आदिको अन्त र संबैधानिक सर्वोच्चताको सस्थागत बिकास हुनेछ । मेरा आदरणीय मतादाता ज्यु लाई मंसिर १४ गते हुने वडा अध्यक्ष पदको उप निर्वाचनमा कोहलपुर ६ नम्बर वडामा एकपटक चुनाब चिन्ह रुखमा मतदान गरि लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो अभियानमा सहयोग पु¥याउनुहुने छ भन्ने बिस्वास लिएको छु । मेरो जित ६ नम्बर वडा बासिको साझा जित हो ।
    नेपाली कांग्रेशले नेपाली इतिहासमा थुप्रै चुनौतीहरु मोल्दै आएको छ । जनता नै सर्वमान्य हुन जनताका भावनको कदर गर्दै कोहलपुर नगरपालिका वडा नं. ६ मा को विकासका लागि हिजोका दिनदेखी नै संर्घष गर्दै आएको छु । इतिहासलाई साक्षी राखेर कोहलपुर नगरपालिका वडा नं. ६ को विकास निर्माण र थारु जाती, मुस्लिम,आदीबासि जनजाती महिला अपाङ्ग, दलित,क्षेत्रीहरुको बाहुल्यता रहेको मेरो वडामा सबैको भावनाको कदर गर्दै निरन्तर समस्याको समधानका लागि प्रतिवद्ध छु ।

  • ३ मंसिर २०७६, मंगलवार १५:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित