मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१घन्टा जेल बसेर फर्किए पत्रकार भण्डारी
  • मार्गरेखा संवाददाता

  • कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टा जेल बसेर फर्किएका छन् ।

    मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो । उक्त कैद सजाय बमोजिम उनी एक घन्टा जेल बसेर निस्किएका हुन् ।

    जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालतबाट पत्र पाएपछि पत्रकार भण्डारी मोटरसाइकल चढेर कारागार गएका थिए ।

  • ३ मंसिर २०७६, मंगलवार १७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित