मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पाटेबाघको आक्रमण बाट मृत्यु भएकी खड्काको परिवारलाई गाँउपालिकाबाट राहत वितरण
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर ४ बुधबार पाटेबाघको आक्रमण परेर मृत्यु भएकी राप्तीसोनारी गाँउपालिका वडा नं.८ कि ६० वर्षिया ठगी खड्काको परिवारलाई गाँउपालिकाले बुधबार राहत वितरण गरेको छ । राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारु उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर माझी,वडा अध्यक्ष खुम बहादुर बस्नेत ,समाजसेवी शिरधर उपाध्याय लगायतको संयुक्त टोलीले मृतक खड्काको घरमै गएर मृतका श्रीमान तिलाराम खड्कालाई राहत वितरण गरेको थियो ।
    गाँउपालिकाको दैविक तथा विपत् व्यवस्थापन कोषबाट पिडित परिवारलाई नगद बिस हजार रकम सहयोग गरिएको राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले बताए । बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ती क्षेत्रमा पर्ने डप्का खोला क्षेत्रमा घाँस काट्न जाँदा खड्काको पाटेबाघले ज्यान लिएको थियो ।

  • ४ मंसिर २०७६, बुधबार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित