मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रक्षा ट्रष्टको पहलमा गुलरियाका ९ बिद्यालयमा शैक्षिक सामाग्री वितरण
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,मंसिर,५। गुलरिया नगरपालिकाका ९ बिद्यालयका छात्र—छात्राहरुलाई सैक्षिक सामाग्री वितरण गरिएको छ । रक्षा ट्रष्ट बर्दियाको को पहल तथा चाईना फउन्डेसनको सहयोगमा स्कुल व्याग सहितको सैक्षिक सामग्री वितरण गरिएको हो । गरिव विपन्न परिवारका वालवालिका सैक्षिक सामाग्रीको अभावमा बिद्यालय जानबाट वन्चित नहुन भन्ने उद्धेश्यले सैक्षिक सामाग्री वितरण गरिएको रक्षा ट्रष्टकी अध्यक्ष सावित्री गौतमले वताईन्। बाढीआएका वेला गुलरियाका अधिकास्ां बिद्यालयका वालवालिकाका किताव,व्याग,कपी,तथा पुस्कालयका पुस्तकहरु नष्टभएको देखेपछि वालवलिकालाई सहयोग गर्र्नै प्रतिवद्धता अनुसार सानो सहयोग लिएर आएको अध्यक्ष गौतमले वताईन्। बर्दिया क्षेत्र न १बाट निर्वाचित संसद संन्जयकुमार गौतमले संसदका लागिआउने सेवासुविधा आफुले नलिई जनतासमुनै लैजाने प्रतिवद्धता वमोजिम सोकोषको रकमलाई व्यवस्थि तगर्नका लागि खोलिएको ट्रष्टमार्फत आफु थप कार्यक्रमलिएर आउने प्रतिवद्धता समेत ट्रष्टकी अध्यक्ष गौतमले गरेकि छन्। हाललाई यस ट्रष्ट मार्फत गुलरियाका हिमालय प्रावि,छत्रपालमेवालाल प्रावि,सिद्धार्थ प्रा.वि.,हिमाली प्रावि,जानकी निमावि,ने.रा.प्रावि,कृष्णसार प्रावि,स्वामी प्रमानन्द प्रावी र शम्भुशरण मावि गरि ९वटा बिद्यालयका वाल शिक्षा देखि ५कक्षासम्मका २हजार४९ विद्यार्थीलाई वितरण गरिने कार्यक्रममा जानकारी गराईएको छ । वितरण कार्यक्रममा वौल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वालवलिकालाई पढाउने काममा अभिभावकले ठूलो भुमिका खेल्नु पर्नै वताए । छोरा छोरिमा विवेध नगरि आफ्रना संतानलाई गुणस्तरिय शिक्षा प्रदान गर्न अभिभावकनै जागरुक हुनुपर्नै कुरामा नगरप्रमुखले जोड दिएका छन् । नगरको क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिगरि गुणस्तरिय शिक्षका लागि नगपालिकाको तर्फबाट जस्तो सुकैपनि पहल गर्ने प्रतिवद्धतासमेत नगरप्रमुखले गरेका छन ्।

  • ५ मंसिर २०७६, बिहीबार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित