मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा ब्यापार मेला तथा पर्यटन महोत्सव हुने
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर ७ शनिवार  कोहलपुरमा ब्यापार मेला तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । कोहलपुरको न्युरोडको खुल्ला मैदानमा यही पौष २४ गते देखि माघ ५ गते सम्म पर्यटन महोत्सव आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाकेको आयोजनामा तेसो्र प्रादेशिक औद्योगिक , लघु ,घरेलु, कृषि तथा प्रबिधी प्रदर्शनी , एबं पर्यटन महोत्सव २०७६ तयारी अगाडि बढाइएको छ । मेहनत सृजना उत्पादन र बस्तु, मेरै नेपालको मुल सन्देश सहित ओयोजना हुन लागेको महोत्सवमा उद्योगीहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्बधन गर्ने कोहलपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासघ कोहलपुर नगर समितीका अध्यक्ष हेमबिक्रम जिसीले बताए ।
    मेला तथा महोत्वसमा बिभिन्न किसीमका ३०० स्थलरहने आयोजक समितीले जनाएको छ । सुचना प्रबिधी, कृषि उपज तथा जडिबुटी, स्थानीय घरेलु उत्पादन , स्थानीय मौलिक संस्कृति लाई बढि प्रोत्साहन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागिएको अध्यक्ष जिसीले बताए ।
    महोत्सवको आम्दानी बाट उद्योगीहरुलाई लघु उद्योग बिस्तारको लागी प्रोत्साहन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । १० दिन सम्म सन्चालन हुने मेला अबधिभरी २ लाख टिकट बिक्रि गर्ने लक्ष्य लिएको छ । महोत्सवमा प्रदेश ५ का १२ जिल्लाका उद्योगी तथा ब्यापारीहरुको सहभागीता हुने बताइएको छ । साथै साना उद्योगहरुबाट उत्पादित बस्तुहरुको प्रर्दशनी समेत हुने आयोजकले जानएको छ । मेला अबधिभरी स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानएको छ ।

  • ७ मंसिर २०७६, शनिबार १६:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित