मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकार आफै असफल हुँदैछ : केन्द्रिय सदस्य पाण्डे
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर ८ आइतबार नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समितीले कोहलपुर नगरपालिका वडा नं.६ मा चुनावी कोणसभा सम्पन्न गरेको छ । घरदैलो अभियान संगसगै कार्यक्रम कोणसभामा परिर्नत भएको थियो ।
    कोणसभालाई सम्वोधन गर्दै नेपाली कांग्रेशका केन्द्रिय सदस्य एव राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले संघियता लोकतन्त्रको अपमान गर्दै सरकार अगाडी बढिरहेको र शान्ती सुरक्षाअवस्था निकै कमजोर हुँदै गहिरहेको र सरकारले आफै असफल हुँदै गहिरहेको बताए । जनता सिटामोल खान नपाइरहेको अवस्था विभिन्न जिल्लाहरुमा अझै पनी खानेपानी, पुल,शिक्षाको समस्या भइरहेका बेला सरकारको नजर नगएको मन्त्री फेरबदल कार्यकर्ता पालनपोषणमा लागि परेको दावी गरे ।

    चुनावी सभालाई बाजुरा जिल्ला पुगेर फर्केका पाण्डे आइतबार मात्र कोहलपुरको चुनावी सभालाई सम्वोधन गर्न आइपुगेका थिए । कोणसभालाई सम्वोधन गदै आदिबासी जनजाती संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सरकारले उद्योग व्यापारीको मर्कामा पारी सरकारले दमन गरिरहेको र देश भष्टचार,अनियमिता ,फस्दै गइरहेको उद्घोष गरे । चुनावी सभालाई महिला नेतृ किरण कोइराला, नेपाली कांग्रेश महासमिती सदस्य बिनोद चौधरी लगायत वक्ताहरुले सम्वोधन गरेका थिए । कोहलपुर नगरपालिका वडा नं. ६ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेशको तर्फबाट उम्मेदार श्रीकृष्ण थारु मैदानमा होमिएका छन् । विगत लामो समयदेखी जनताको दुख सुखमा साथ दिदै आइरहेका चौधरी लाई बिजय गराउन स्थानिय बासीहरु लागी परेका छन् । चुनावी कोषसभालाई नेपाली कांग्रेश कोहलपुरका सचिव भुम भण्डारीले सहजीकरण गरेका थिए भने सयौँको संख्यामा दशकहरुको उपस्थित रहेको थियो ।

  • ८ मंसिर २०७६, आईतवार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित