मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेशले जनताको टाउको काटेको छैन,कसैको घरबार ध्वस्त बनाएको छैन :अध्यक्ष उम्मेदार श्रीकृष्ण चौधरी
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर १० मंगलबार
    मंसिर १४ गते हुने उपनिर्वाचनमा कोहलपुर नगरपालिका वडा नंं ६ मा अध्यक्ष पदका लागी नेपाली कांग्रेशले श्रीकृष्ण थारुलाई उम्मेदारी अगाडी सारेको छ । वडाबासीहरुको सधै मन जित्न सफल थारु विद्यालयको व्यवस्थापन समितीको अध्यक्ष पदमा रहेर थुप्रै शैक्षिक गुणस्तर वृद्धिमा निरन्तर लागि परे । विद्यालयको भौतिक पूर्वाधारमा थारुको उल्लेखनीय योगदान रह्यो सधै थारु समुदाय , पहाडी समुदाय ,मुस्लिम समुदाय, जनजाती समुदाय र गरिब जनताको दुख सुखमा साथ दिने चौधरी दुई तिहाइ सरकारलाई चुनौती दिन खुल्ला चुनावी मैदानमा हुमिएका छन् । मार्गरेखा सम्वादाता ले नेपाली कांग्रेशका उम्मेदार श्रीकृष्ण थारुसंग गरिएको कुराकानी संक्षिप्तमा । 

    मंसिर १४ गते हुने उपनिर्वाचनमा कस्तो तयारी छ तपाईको ?

    मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेशले चुनावी मैदानमा मलाई उम्मेदारी बनाएको छ । लामो समयदेखी वडाबासीहरुको हितमा काम गर्दै आइरहेको छु । वडाबासीहरुको घरदैलोमा चुनावी प्रचारप्रसार र भेटघाटका कार्यक्रममा नै बेस्त छु ।
    चुनावको समयमा उम्मेदारहरु नेताहरु जनताको घरमा पुग्ने तर चुनाव सकिएपछी दुख सुखमा साथ नदिने गुनासो आउछ के सत्य हो ?
    कोहलपुर नगरपालिका वडा नं. ६ सबै बस्तीहरुमा दुख सुख पर्दा म हिजो पनी उतिकै सक्रिय थिए आजपनी सक्रिय छु । कतिपय जनतालाई लाग्न सक्छ नेता चुनाव जित्यो भने फर्कन्न हामी स्थानिय नेता हो जनताको दैनिक दुख सुखमा मैले निरन्तर साथ दिएको छ । जनता त्यसका साक्षी छन् ।

    मंसिर १४ गतेको उपनिर्वाचनमा तपाईको उम्मेदारी किन ?

    प्रश्नका लागी धन्यवाद मेरो उम्मेदारी अनियमितता कोहलपुर नगरपालिकामा भैइरहेको भष्ट्रचार,देशभर पनी हेर्नुभयो भने सरकारले गरेको गतिबिधी हेर्नुभयो भने मंहगी, लुटपाट,महिला हिसां बलत्कारका घटनाहरु निरन्तर भइरहेका छन् । दुई तिहाइको सरकारको गतिबिधीका बारेमा हामी सबै जानकार नै छौँ मैले बयान गरिराख्नु पदैन् । त्यसकारण मैले जनताको भावनालाई राम्रो संग बुझेको छु । चाहे त्यो थारु समुदायको समस्या होस , पहाडी समुदायको होस मुस्लिम वा जनजातीको होस यी सबै समस्यार वडा नं. ६ मा विकास निर्माणको मार्गरेखा कोर्न मेरो उम्मेदारी हो । अहिले सम्म विकास निर्माणका पूर्वाधारहरु तयार हुन सकेनन् बाटो बन्न सकेन् बत्ति बाल्न सकिएको छैन । खानेपानीको समस्या छ , स्वास्थ्यको समस्या छ त्यसकारण समग्र विकासको निम्ती मेरो उम्मेदारी हो ।

    तपाईले चुनाव जित्ने आधार के हुन ?

    म हिजो देखी आजको समय सम्म आइपुग्दा न मैले कसैको हत्या गरे न हामो पार्टीले कसैको हत्या ग¥यो वा लुटपाट ग¥यो । प्रजातान्तिक व्यवस्थामा सबैको भलो चाहने पार्टी नेपाली कांग्रेश हो । हामीले कसैको परिवारलाई विद्युवा बनाएका छैनौँ कसैको घरबार ध्वोत बनाएका छैनौ, कसैको घाँटीमा खुकरी राखेनौँ त्यसकारण जनता स्वतन्त्र हुन चाहान्छ । विकास र समृद्धी भएको देख्न चाहान्छ । वडाबासीको हितमा हिजोदेखी आज सम्म कस्ले के काम ग¥यो, कस्को इतिहास कस्तो छ जनताले मुल्याङकन गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. ६मा जनता अभिमत पाउने छु म पूर्ण आशाबादी छु ।

    तपाई निर्वाचित हुनुभयो विकास निर्माणका कामहरु गर्न समय कम छ सम्भव छ ?

    कोहलपुर नगरपालिका वडा नं. ६ को विकास निर्माणका लागी छोटो समय भएतापनी आफ्नो योजना प्रभावकारी रुपमा अगाडी लैजाने म संग माष्टर प्लान छ । २ वर्षमा समयमा मैले मेरो क्षमता र बिकेकले जनताका समस्यालाई समाधान गर्ने हो । मैले झटो बोल्ने भने दिन फेरी पनी आउछ चुनाव फेरी पनी आउछ जनताको भोट फेरी पनी माग्न पर्ला त्यसकारण जुन सोचका साथ म अगागी बढेको छु जनताले मंसिर १४ गते रुख चिन्हमा मतदान गर्नेछन् । २ वर्षको समयमा विकास निर्माणका कामहरु तिव्र गतिमा अगाडी बढ्नेछन् ।

    कोहलपुर नगरपालिका वडा नं. ६ को उपनिर्वाचनका लागि जनमत कस्को पक्षमा बढी देख्नहुन्छ ?

    स्वभाविक पनी ५ वटा पार्टी कोहलपुर नगरपालिका वडा नं.६ को निर्वाचनको मैदानमा हुमिएका छन् । सबै पार्टीका उम्मेदारले मेरो पक्षमा बढी छन् भन्ने सोभाविक हो तर हिजो नेपाली कांग्रेशको चुनाव जितेको वडा त्यसमा पनी अहिलेको समयमा हाम्रो भोटर संख्या राम्रो छ । जनमत कांग्रेशको पक्षमा पनी छ बाँकी त परिमाणले देखाउने हो ।

    अन्तमा तपाईको केही भन्नु छ ?

    सर्वप्रथम तपाई विशेष धन्यवाद । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेशको उम्मेदार म श्रीकृष्ण थारु मैदानमा छु । नेपाली कांग्रेशको इतिहास र अन्य पार्टीको इतिहासलाई मनन् गर्नुहोला । कांग्रेश पार्टी आजसम्म आइपुग्दा के ग¥यो के गरेन ? सबै इतिहास साक्षी छन् । त्यसकारण सबै कोहलपुर नगरपालिका वडा नं. ६ बासीहरुले रुख चिन्हमा मतदान गरि बिजय गराउनु हुने भन्ने पूर्ण आशाबादी छु । बाँकी दिनमा म सधै जनताको दुखसुखमा साथ हिजो पनी दिदै आएको आज पनी दिने छु धन्यवाद ।जय नेपाल ।

  • १० मंसिर २०७६, मंगलवार ०९:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित