मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शैक्षिक सुधारका लागी भोलीदेखी बानियाभारमा महायज्ञ संचालन
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर १० मंगलबार बैजनाथ गाँउपालिका वडा नं. ४बानियाभार मा भोलीदेखी मंसिर १८ गते सम्म शैक्षिक धार्मिक,सांस्कृतिक महायज्ञ संचालन हुने भएको छ ।
    विपी मेमोरिय माध्यामिक विद्यालय बैजनाथ ४ बानियाभारमा ८ दिन सम्म संचालन हुने महायज्ञको उद्घाटन बाँके क्षेत्र ३ का प्रतिनिधी सभा सांसद माननिय नन्दलाल रोकायबाट गरिने आयोजक समितीले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि कक्षा ११ र १२ मा आइटी विषय संचालनका लागि विद्यालयले महायज्ञ संचालन गर्न लागीएको बिपी मेमोरियल माविका प्र.अ.गुनबहादुर केसीले बताए । ८ दिन सम्म संचालन हुने महायज्ञ सम्पन्न गर्नका लागि प्रचारप्रसार समिती बनाइसकिएको र झण्डै ८० लाख बराबरको सहयोग जुट्ने विद्यालय व्यवस्थापन समितीका सदस्य आशिष काफ्ले बताए । महायज्ञबाट संकलन भएको रकम विद्यालय संचालन मा खर्च गरिने भएको छ ।
    पवित्र धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञमा अन्र्तराष्टिय कथा बाचक भागवत मधुकर पण्डित नरेश नेपाल शास्त्री द्धारा संगीतमय र श्रीमद्भागवत सप्ताह कथा प्रवचन सहित योगगुरु श्रीहिरालाल कडेलद्धारा योग विज्ञान शिविर एवं बालसस्कार संचालन हुने भएको छ ।

  • १० मंसिर २०७६, मंगलवार १६:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित