मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काग्रेशद्धारा उपनिर्वाचनको लागि अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन
  • मार्गरेखा संवाददाता

  • आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली काँगे्रसले अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति” गठन गरेको छ ।
    मुलुकका ३७ वटा जिल्लाका ५२ स्थानमा प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, उप–महानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडा अध्यक्ष ४३० मा यहि मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनका लागि निर्वाचन ऐन, नियम र निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नको लागि समिति गठन गरिएको काँगे्सले जनाएको छ । नेपाली कांग्रेसद्वारा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम के।सी।, अधिवक्ता तेज रावल सदस्य र पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्य–सचिव रहेको “उप–निर्वाचन –२०७६ अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति” को गठन गरेको हो ।

    साथै, उप–निर्वाचन हुने ३७ वटै जिल्लामा पनि पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ डिएलए का जिल्ला अध्यक्ष र १ महिला सहित जम्मा ५ जना रहने गरी अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको नवनियुक्त संयोजक लेखकले जानकारी दिए ।

    उप–निर्वाचन स्वतन्त्र, निश्पक्ष, भयरहित र धाँधलीरहित वातावरणमा सम्पन्न होस भन्ने उद्देश्यका साथ निर्वाचन आयोगद्वारा २०७६ कार्तिक ८ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लागु गरेको छ । सरकार स्वयं सरकारको नेतृत्व गरेको राजनीतिक दल, सो दलबाट निर्वाचित यसैबीच, जनप्रतिनिधिहरुबाट निर्वाचन आचार संहिताको ठाडो उल्लघंन भएको काँगे्रसले जनाएको छ । यस समितिको प्रतिनिधि मण्डलले गत कार्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुसंग भेटघाट गरी सरकार र सत्ता पक्षीय राजनीतिक दलका प्रतिनिधिहरुबाट भएका आचार संहिता उल्लघंनका घटना तत्काल रोक्न र भविष्यमा आचारसंहिताको कडाई साथ कार्यान्वयन गर्नका लागि लिखित ध्यानाकर्षण समेत गरिएको थियो । निर्वाचन आयोगले मंसिर १ गते आचारसंहिताको पालना र कार्यान्वयनका सम्बन्धमा प्रेस विज्ञप्ति मार्फत सबै सरोकारवाला पक्षलाई निर्देश समेत गरेको थियो

  • १० मंसिर २०७६, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित