मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काङ्ग्रेस प्रवेश गरेको भन्दै नेकपा कार्यकर्ताद्वारा कुटपीट
  • मार्गरेखा संवाददाता

  • खैरहनी : नेकपा छोडेर नेपाली काङ्ग्रेस प्रवेश गरेका खैरहनीका टेकबहादुर परियारलाई नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् ।सोमबार राती ९ बजे घरमा बसेको बेला उनी माथी आक्रमण भएको हो ।

    कुटपीटपछी परियार घाइते भएका छन् । नेकपाका स्थानीय नेता दिपक मगर सहितको टोलीले घरैमा रड प्रहार गरी आक्रमण गरेको हो । पार्टी छोडेको कारण आक्रमण गरेको नेपाली काङ्ग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार परियार गत ६ गते काङ्ग्रेसमा प्रवेश गरेका थिए । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भैइरहेको छ । टाउकोमा पाँच वटा टाका लगाइएको छ भने शरिरमा निलो डाम छ । खैरहनीको वडा नम्बर ४ र ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ ।

  • १० मंसिर २०७६, मंगलवार १६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित