मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कास्की–२ मा कांग्रेसले ५ हजार मत अन्तरले जित्छ : प्रवक्ता विश्वप्रकाश शर्मा
  • मार्गरेखा संवाददाता

  • चुनावी प्रचारका लागि आइतबार पोखरा आएका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार देखि ५००० मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् ।‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ।

    ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने । यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनको दावी छ ।

  • १० मंसिर २०७६, मंगलवार १६:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित