मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालिका शिक्षा सुधारका लागि राप्तीसोनारीमा सरोकारावाला बिच छलफल
  • मार्गरेखा संवाददाता

  • २०७६ मंसिर १२ बिहिबार बाँकेको राप्तीसोनारी गाँउपालिका अगैयामा बुधबार बालिका शिक्षा सुधारका लागी सरोकारवाला बिच साझा छलफल कार्यक्रम सम्पन्न भएको छ । इन्र्टरनेशनल अर्लट र सेफल वल्र्डको आर्थिक सहयोगमा सुन्दर शान्त नेपाल परियोजनाको प्राविधिक सहयोगमा साझा छलफल भएको हो ।
    राप्तीसोनारीमा अध्ययनरत बालिकाहरुको शैक्षिक सुधार के कसरी गर्न सकिन्छ र शिक्षा बाट बञ्चित भएका बालिकाहरुलाई बिद्यालयको पँहुज सम्म पु¥याउने भन्ने विषयमा वृहत छलफल भएको थियो । बालिका शिक्षा सुधार छलफल कार्यक्रममा बोल्दै राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले बाँके जिल्लाका स्थानिय तहमा सबैभन्दा बढी शैक्षिक सुधारका लागी राप्तीसोनारी गाँउपालिकाले लगानी गरेको र आगामी दिनमा शैक्षिक सुधारका लागी नयाँ रणनिती अपनाउनुपर्ने बताए । छलफल कार्यक्रममा राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्री ,वडा अध्यक्ष ,शिक्षा संग सरोकारवाला व्यक्तिहरुले आफ्ना धारणा प्रस्तुत गरेको थिए । राप्तीसोनारी गाँउपालिका रहेका विद्यालयहरुमा निरन्तर शिक्षक,अभिभावक विद्यार्थी ,जनप्रनिधीहरु र सुन्दर शान्त नेपाल परियोजना बिच वृहत छलफल चलाइने भएको छ । पछिल्लो समयमा बालिकाहरु कम उमेरमा बैबाहिक सम्वन्धमा बाँधिनु प्रमुख चुनौतीको रुपमा रहेको छ भने संघसंस्था र स्थानिय सरकार समस्यालाई समाधानका लागि लागीपरेको छ । बालिका शिक्षा सुधारका छलफलको प्रस्तुतीकरण सुन्दर शान्त नेपाल परियोजनाका कार्यक्रम संयोजक सोभा चौधरी, जगत चौधरीले संचालन गरेका थिए ।

  • १२ मंसिर २०७६, बिहीबार १०:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित